• २०८३ असार ६ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी र डडेल्धुराबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी र डडेल्धुराबाट पक्राउ गरिएको छ । म्याग्दीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका-७ बस्ने ५० वर्षीय धन बहादुर सिर्पालीलाई प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

डडेलधुरा, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-१० बस्ने ४० वर्षीय मान बहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस