• २०८३ बैशाख १७ गते बिहिवार

आगोमा जलेर एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ५ गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगलागीमा परेर ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको हो ।

गएराति स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा आगो लागेको र सोही गोठमा सुतेका नरबहादुरको जलेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक चुरामणी पुनको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । आगलागीबाट गोठमा रहेका भैंसी र गोरुहरु पनि जलेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस