• २०८३ मङ्सिर ४ गते बिहिवार

काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

भारतले २५-९, २५-१४ र २५-१७ को सोझो सेटमा जित हासिल गरेको हो । भारतले यसअघि शुक्रबार नेपाललाई पराजित गरेको थियो ।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा काजकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । काजकिस्तानले २५-९, २५-१८ र २५-१५ को सोझो सेटमा जित हासिल गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस