• २०८३ बैशाख १९ गते शनिवार

कार्यालय प्रमुखलाई मुख्यमन्त्री शाहीको निर्देशन : तालिका अनुसार काममा निर्वाध लाग्नुहोस्

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ३ सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने छ बताउनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अङ्ग भनेकै स्थायी संयन्त्र कर्मचारी हो । तसर्थ सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिका अनुसार काममा निर्वाध लाग्नुहोस् ।”

कर्णालीको भौगोलिकता विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको भन्दै जनशक्ति त्यसको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको उहाँले जानकारी दिनुभयो । संविधान, सङ्घीयताको मर्म र जनअपेक्षाअनुसार विकास हुन नसकेको भन्दै उहाँले सबै तहका सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले कालीकोटका स्थानीय तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षलाई राखेर सङ्घीयता र जनताको मर्मअनुसार विकास योजनाको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित हुन सुझाउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस