जेठ ४, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास केहि बेर अघि शुरु भएको छ ।

यसअघि जेठ २ गते बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । बैठकमा समसामयिक राजनीति, निर्वाचनको समिक्षा सहित पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने सहितका एजेण्डा रहेको बताइएको छ ।