• २०८३ जेष्ठ २९ गते शुक्रवार

ललित र सन्दीप चम्किदा स्कटल्याण्ड १९४ रनमा अलआउट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको हो ।

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनायेअका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए । त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस