• २०८३ जेष्ठ १ गते शुक्रवार

राष्ट्रिय युवा संघको स्थापना दिवसमा ‘१० के रन’सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको ३७औँ स्थापना दिवसको अवसरमा ‘१० के एनवाईएफएन रन’ आज (शुक्रबार) काठमाडौंमा सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजित उक्त दौडमार्फत युवालाई खेलकुद, अनुशासन, स्वास्थ्य, सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्य रहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले बताए ।

नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेको थिए । उक्त १० के रनमा शीर्ष पाँच स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन् । नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा आयोजित रन बिहान साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई कोटेश्वरको फन्को मारेर पुनः दशरथ रङ्गशालामै पुगेर टुङ्गिएको थियो ।

प्रतियोगितामा राजन रोकाया प्रथम हुँदै २९ मिनेट ५६.९ सेकेन्डमा दूरी पूरा गरे । यस्तै, खड्कबहादुर खड्का दोस्रो, मुकेशबहादुर पाल तेस्रो, संजय श्रेष्ठ चौथो तथा सुशील शाही पाँचौँ स्थानमा रहे ।

Sharing

प्रतिक्रिया दिनुहोस