• २०८३ बैशाख २५ गते शुक्रवार

आइपिएलमा बैंगलुरुमाथि लखनउ ९ रनले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २५, काठमाडौं । लखनउ सुपर जाइन्टले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई डिएलएस मेथड अनुसार ९ रनले पराजित गरेको हो ।

बैंगलुरुले डिएलएस मेथड अनुसार १९ ओभरमा २१३ रनको लक्ष्य पाएको थियो । जसमा बैंगलुरुले १९ ओभरमा ६ विकेट गुमाएर २०३ रन मात्र बनाउन सकेको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले सर्बाधिक ६१ रन बनाए भने टिम डेविडले ४०, देवदत्त पाडिकलले ३४, क्रुनाल पाण्डेयले अविजित २८ र रोमारियो शेफार्डले अविजित २३ रन बनाएका थिए ।  त्यस्तै लखनउका बलर प्रिन्स यादवले ३, शह्बाज अहमदले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको लखनउले १९ ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले १११ रनको शतकीय पारी खेलेका थिए भने निकोलस पुरनले ३८ र ऋषव पन्तले अविजित ३२ रन बनाएका थिए ।

जारी आइपिएलमा लखनउको यो १० खेलमा तेस्रो जित हो । यो जितपछि लखनउ ६ अंकसहित पुछारमा नै रहेको छ । त्यस्तै बैंगलुरुको भने यो यस सिजनको चौथो हार हो । १० खेलमा १२ अंक रहेको बैंगलुरु तेस्रो स्थानमा रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस