वैशाख २४, काठमाडौं । दाङ र जुम्लाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै जुम्लामा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पातारासी गाउँपालिका-५ जफना गाउँ बस्ने ४१ वर्षीय दत्त बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । दत्त बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।