वैशाख २१, काभ्रे। सोमबारे बन्द भएको बिपी राजमार्ग केहीबेर खुलेसँगै फेरी बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको बिभिन्न स्थानहरुमा अत्यधिक ठूलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।

मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा राजमार्ग सुचारु गरिने प्रहरीले जानकारी दिएको छ ।
यसअघि सोमबार बिहान बन्द गरिएको राजमार्ग दिउसो केहि बेर खुला गरिएको थियो ।