• २०८३ बैशाख २१ गते सोमवार

भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पेनियोललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पोनियोललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले दुवै गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ७७ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ११ अंकले पछाडी रहदै दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोनाले भने लिगको उपाधि जित्ने नजिक रहेको छ । अब लिगका तीन खेल बाँकी रहदा बार्सिलोना भने लिगको उपाधि जित्न एक जित टाढा रहेको छ ।

त्यसैगरी इस्पोनियोलको भने ३४ खेलमा ३९ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस