• २०८३ बैशाख २० गते आइतवार

आइपिएलमा सनराइजर्समाथि कोलकोता ७ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, काठमाडौं । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १६६ रनको लक्ष्य पछाएको कोलकोताले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा अंगक्रिस रघुबंशीले सर्बाधिक ५९ रन बनाएका थिए भने कप्तान आजिख्य रहानेले ४३, फिन एलेनले २९ र रिंकु सिंहले अविजित २२ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १९ ओभरमा अलआउट हुदै १६५ रन बनाएको थियो । सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ६१ रन बनाएका थिए भने इशान किशनले ४२ रन बनाएका थिएत्यस्तै कोलकोताका बलर वरुण चक्रवर्तीले ३ विकेट लिएका थिए भने सुनिल नारन र कार्तिक त्यागिले २-२ विकेट लिएका थिए ।

यो जितपछि कोलकोताको ९ खेलमा ७ अंक भएको छ र आठौँ स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सको भने १० खेलमा १२ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस