• २०८३ बैशाख १९ गते शनिवार

२ वटा ट्रक ठाेक्किएर पल्टिँदा स्टेरिङमा च्यापिएका चालककाे ३ घण्टापछि उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९, बारा। बारामा दुई वटा ट्रक ठोक्किएर भएको दुर्घटनापछि च्यापिएका एक जना चालकको तीन घण्टापछि उद्धार भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जङ्गलमा समान दिशामा रहेका दुई वटा ट्रक एकापसमा ठोक्किएपछि पल्टिएका थिए ।

पल्टिएकामध्ये एउटा ट्रकका चालक चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने ३५ वर्षीय चालक अरुण श्रेष्ठलाई तीन घण्टापछि उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

डीएसपी थापाका अनुसार स्टेरिङमा च्यापिएका चालकलाई ट्रकको झ्याल काटेर तीन घण्टापछि निकालिएको हो । अर्को ट्रकका चालक सामान्य घाइते भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस