• २०८३ बैशाख १९ गते शनिवार

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९,विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका९५ स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनार मणिबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्ध शान्ति नगरपालिका-१ का हरि प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोही स्थानका विकल राईलाई ७० चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लाल पत्ताले त्रियुगा नगरपालिका-१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका-३ का सन्देश राउतलाई ४१ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

पक्राउ परेको सबै जनाको थप अनुसन्धान भई रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस