• २०८३ बैशाख २६ गते शनिवार

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना : ३ जनाको मृत्यु, १५ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

कुपिण्डे नगरपालिका–८ बाट कालीमाटीको लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परी कुपिण्डे–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

वडा नम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए। घाइते १५ जनालाई उद्धार गरी उपचारका लागि सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस