• २०८३ बैशाख २४ गते बिहिवार

काँग्रेसको आधिकारिकता विवादको रिट हेर्दा हेर्दैमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धा आज हेर्दा हेर्दैमा सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विहिबार भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए ।

अब शुक्रबार कांग्रेस सभापति गगन थापा पक्षका वकिलले बहस गरेपछि जवाफी बाह्स हुने र त्यसपछि समय पुगेमा भोलि आदेश आउने सम्भावना रहेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएपछि सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च गएको थियो ।

सो रिट विचाराधीन रहेको अवस्थामा गगन थापा नेतृत्वको काँग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि देउवा पक्षले अर्को रिट दायर गरेका थिए । दुवै रिटको सुनुवाई एक साथ गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस