• २०८३ जेष्ठ २२ गते शुक्रवार

कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए पदबाट राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २, काठमाडौं ।गण्डकी प्रदेशमा नेपाली कांग्रेस सांसद द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री बन्ने दौडमा रहेका कुँवर मन्त्री बन्न नपाएपछि सांसद पदबाट नै राजीनामा दिएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्रीलाई नियुक्त गरेका थिए । कुँवरले आजै गण्डकी प्रदेशका समामुखलाई राजीनामा बुझाएका हुन् । कुँवर २०७९ मंसिर ४ को निर्वाचनमा बागलुङ-२ बाट प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस