• २०८३ असार १३ गते शनिवार

यस्तो छ, आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको छ। विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै,दिउँसो कोशी प्रदेशका पहाडी भू–भाग र हिमाली क्षेत्रमा बादल बढ्ने तथा केही स्थानमा मौसम बिग्रने सम्भावना रहेको छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस