चैत ३०, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेस कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाएको हो ।

बैठकमा बैशाख महिनामा काँग्रेसले चलाउने क्रियाशील सदस्यता अभियान र काँग्रेस संसदीय दलको नेता चयन बारे छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने दुलालले जानकारी दिएका छन् ।