• २०८३ बैशाख १० गते बिहिवार

तारकेश्वर ३ कालिकाशरण मा.वि मा शहरी विकास राज्यमन्त्रीद्धारा शिलालेख अनावरण कार्यक्रम सम्मन्न

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २५, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ३ कालिकाशरण मा.वि मा श्रीमद भागवत सप्ताह महायज्ञको प्रथम वार्षिक उत्सव तथा शिलालेख अनावरण शिलालेख कार्यक्रम सम्मन्न भएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कालिकाशरण माध्यामिक विद्यालयले आयोजना गरेको कार्यक्रममा शहरी विकास राज्यमन्त्री लगायत तारकेश्वर शिक्षा शाखाका प्रतिनिधी, ता.न.पा वडा नं. ३ का वडा अध्यक्ष, शिक्षाविद्, समाजसेवीहरु, राजनैतिक दलका प्रतिनिधीहरु, विद्यालय व्यवस्थापन समिती पदाधिकारी तथा सदस्यहरु, अभिभावकहरु लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्रीले कार्यक्रम आयोजकलाई धन्यवाद दिदैं सर्टिफिकेटका लागि मात्र नभई यो मुलुक मेरो हो मैले मेरो मुलुकका लागि केहि गर्नुपर्छ भनेर पढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । उहाले सर्टिफिकेट बोकेर खाडी जानु नपरोस नेपालको शिक्षामा ठुलो परिर्वतन आवश्यक रहेको बताउनु भयो । उहाले प्राविधिक शिक्षामा जोड दिदैं कृषि, प्रविधी आदिमा विद्यालयको शिक्ष केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाले धेरै विद्यालय हैन शैक्षिक बातावरण सहितको सबैको पहुँच शिक्षालय हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा ता.न.पा वडा नं. ३ का वडा अध्यक्ष मनोहरी तिवारीले नवनियुक्त शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई बधाई दिदैं विद्यालय व्यवस्थापन समिती लगायत विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयमा शिक्षकको कमि रहेको जानकारी गराउनु भयो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक गोपाल प्रसाद गनुरेलले उपस्थित सबैलाई धन्यवाद दिदैं धेरै ठुलो मेहेनतका साथ कालिका शरण मा.वि यहासम्म आएको बताउदैं भोलीको दिनमा पनि यस्तै सहयोग गर्न सबैमा आब्हान गर्नुभयो ।


अघिल्लो वर्ष आजकै दिन श्रीमद भागवत सप्ताह महायज्ञको विद्यालयले आयोजना गरेको थियो । त्यही दिनको सम्झना स्वरुप आज कार्यक्रम आयोजना गरिएको हो । महायज्ञमा २५ हजार भन्दा माथि दान गर्ने दाताहरुको नाम सिलन्यासमा नाम राखिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस