• २०८३ असोज २८ गते बुधवार

परराष्ट्रमन्त्री खनालसँग स्वीजरल्याण्डकी राजदुत डा. मेउलीको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदुत डा। डेनियल मेउलीले शिष्टाचार भेट गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा राजदुत डा। मेउलीले स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो कासिसको तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी थिइन् ।

भेटका क्रममा नेपाल र स्वीजरल्याण्डबीचको लामो समयदेखिको मैत्री सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस