• २०८३ जेष्ठ १९ गते मङ्गलवार

मुगुको रोवागाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत २२, मुगु।  मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्तीलाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना प्रहरी वरिष्ठ हवल्दार विर बहादुर ताम्राकार सहित चारजना प्रहरी जवान सिपाही रहने गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।

छायाँनाथ रारा नगरपालिका– ११ मा पर्ने रोवागाउँको प्रभात माविको विद्यालय नजिक अस्थाई प्रहरी पोष्टको कार्यालय स्थापना भएको उनको भनाई छ । विशेष गरेर वडा नं १० , ११ र १२ वडाका बासिलाई लक्षित गरेर झण्डै १० हजार बढि नागरिक लाभान्वित हुने जानकारी दिए । आईतवार एक कार्यक्रमका बिच छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भाम , प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री , उपमेयर ऐश्वर्या मल्ल र डिएसपि थपलियाले सयुक्त रुपमा उद्धघाटन गरेका हुन । अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै मेयर भामले भने लामो समयको प्रयासपछि प्रहरी पोस्ट स्थापना गरिएको बताए । लामो समयको अथक प्रायासपछि तत्कालका लागि अस्थायी पोस्टसम्म भए पनि स्थापना गर्न सफल भएका छौँ ।

प्रहरी पोस्ट स्थापना हुँदा गाउँघरमा हुने सामान्य झैझगडा, महिला हिंसा, चोरी सिकारी लगायतका सामान्यदेखि जटिल खाले घटना हुँदा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । त्यति मात्र नभई गाउँ घरमा हुने सामान्य झैझगडा अब प्रहरी चौकिमै न्याय मिल्ने र न्यायिक समिति सम्म नपुग्ने उपमेयर ऐश्वर्या मल्लको भनाई छ । न्यायिक समिति सम्म यस्ता घटना नपुग्नु र गाउँघरमै समाधान हुनु राम्रो पक्ष रहेको उनको भनाई छ । कार्यक्रममा ११ नम्वरका वडा अध्यक्ष कुञ्जुमा कुमाई , सेनानी खड्ग श्रेष्ठ सहित अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस