• २०८३ जेष्ठ ४ गते सोमवार

गुण्डागर्दीविरुद्ध प्रहरी अभियान : किमजोङ बोससहित १७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २१, काठमाडौं । गुण्डागर्दी नियन्त्रण गर्न नेपाल प्रहरी ले विशेष अभियान सुरु गरेको छ। नयाँ सरकार गठनपछि सक्रिय बनेको प्रहरी प्रशासनले उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण गर्न कडाइ गरेको हो।

अभियानअन्तर्गत गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। अपराध अनुसन्धान कार्यालयप्रहरी परिसर काठमाडौं को संयुक्त टोलीले विभिन्न स्थानबाट संदिग्धहरूलाई पक्राउ गरेको जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शुक्रबार राति मात्रै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङ र किमजोङ बोस लगायत रहेका छन्।

यसैगरी, प्रहरी परिसर काठमाडौंले पनि छुट्टै कारबाही गर्दै थप ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा श्याम लामा समूहसँग सम्बद्ध प्रविण गुरुङ, बाफल क्षेत्रका बिर्जु महर्जन, कलंकीका सुनज कार्की र स्यूचाटारका सरु हुमागाईं रहेका छन्।

प्रहरीका अनुसार गुण्डागर्दी, अवैध असुली तथा आपराधिक गतिविधि नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तरता दिइनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस