• २०८३ बैशाख १० गते बिहिवार

कांग्रेसको बैठकमा चुनावको पराजय र गगन थापाको राजीनामा बारे छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समीक्षा शुरु गरेको छ । शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् ।

कतिपय जायज आवाजहरुलाई पनि पार्टीले नजरअन्दाज गर्दा निर्वाचनको नतिजा प्रतिकूल हुन पुगेको उल्लेख गर्दै पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषय पनि छलफलको एजेण्डामा राखेका छन् ।

बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले अहिलेको अवस्थामा राजीनामा सहि विकल्प नभएको भन्दै सर्वसम्मतले राजीनामा अस्वीकृत गरिएको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले चुनाव हार्नुको प्रमुख कारण तत्कालिन कांग्रेस-एमालेको गठबन्धनको सरकार भएको धारणा राखेका छन् ।

आजको बैठकमा गगन थापा भने उपस्थित रहेका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस