मंसिर १९ ,धनुषा । धनुषामामा ट्याक्टरको ठक्करबाट एक पैदलयात्री युवतीको मृत्यु भएको छ ।
बिहीबार बिहान मिथिला नगरपालिका-२ विश्वकर्मा चोकमा ज १ त ५८८६ नम्बरको ट्याक्टरले महोत्तरीकी २७ वर्षीया संगिता ठाकुर बरहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।