चैत ५, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्।

यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. अमरेशकुमार सिंह ले पराजित गरेका हुन्।
निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै पहिलो दल बन्न सफल भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्रै जितेको छ।
चुनावी नतिजापछि नै राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए। तर, अन्ततः उनले नैतिक जिम्मेवारी स्वीकार्दै पद त्यागेका हुन्।