• २०८३ बैशाख १० गते बिहिवार

इनिशा बलात्कार प्रकरण : मुगुका विद्यार्थीकाे नारा चर्कियाे , सरकार छ न्याय छैन

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

चैत १, मुगु । सुर्खेतकि १६ वर्षीया किशोरी इनिशा बि.क. माथि भएको बलात्कारपछि हत्या घटनाको विरोधमा मुगुमा आज जिल्लाका सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुले शान्तिपुर्ण रुपमा विरोध गरेका छन् । मुगु जिल्ला युवा मानव रक्षा सञ्जाल जिल्ला कार्यसमिति मुगु र जेन जि मुगुको सयुक्त आयोजनामा बालिका ईनिशा विकको न्यायको लागि सदरमुकाम गमगढी बजारमा विरोध प्रर्दशन गरेका हुन ।

महाकाली नमुना माद्यमिक विद्यालय बाट सुरु भएको र्याली बजार हुदै जिल्ला प्रशासन कार्यालय मुगु सम्म पुगेको थियो । र्यालीमा समाजमा बढ्दो महिला हिंसाविरुद्ध सचेतना फैलाउन र अपराधीलाई कानुन अनुसार कडा सजाय दिनुपर्नेमा जोड दिएका छन् । सहभागीहरूले ‘इनिशालाई न्याय दीनुपर्छ ‘बलात्कार विरुद्ध कडा कानुन लागु गर , ‘महिला हिंसा अन्त्य गर’ बलात्कार लाई फाँसि दे जस्ता नाराहरु लगाएका थिए ।

विरोधमा महाकाली नमुना मावि , रारा डाईनामिक बोडिङ्ग र थापा बोडिङ्ग स्कुलका विद्यार्थीहरुले विरोधमा उत्रिएका थिए । उनीहरूले यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई उमेरको आधारमा संरक्षण गर्ने प्रयास नगर्न र अपराधको गम्भीरता अनुसार कडा कारबाही हुनुपर्ने माग समेत राखेका छन् । जिल्ला प्रशासन कार्यालय मुगु सम्म पुगेको टोलिले जिल्ला प्रशासन कार्यालय मुगुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री मार्फत गृह मन्त्रालय समक्ष गम्भीर ध्यानाकर्षण पत्र सञ्जालककि अध्यक्ष सविना रावलले बुझाएकी थिईन । उक्त कार्यक्रममा सहभागी तथा सरोकारवालाले घटनाको घोर भत्र्सना गर्दै हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय मुगुमा बुझाएका हुन ।

ध्यानाकर्षणपत्रमा भनिएको छ , सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया दलित किशोरी बालिका इनिसा बिक माथि भएको बलात्कार पश्चात् हत्या जस्तो जघन्य, अपराध अमानवीय तथा स्तब्ध बनाउने घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाले बालबालिका तथा महिलाको सुरक्षा, कानुनी राज्यको कार्यक्षमता तथा समाजमा न्यायको अवस्था सम्बन्धमा गम्भीर प्रश्नहरू उब्जाएको छ । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी, राजनितिक खेलवाड नगरी तथा तीव्र अनुसन्धान मार्फत प्रचलित कानुन बमोजिम कडा कारबाही गरियोस् भनी हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।

साथै, यस्ता घटनाहरू पुनः नदोहोरिन प्रभावकारी सुरक्षा संयन्त्र, निगरानी प्रणाली तथा बालबालिका संरक्षणका कार्यक्रमहरू सुदृढ गर्न आवश्यक देखिन्छ। यस सन्दर्भमा निम्न बुँदाहरूमा विशेष ध्यान दिन आग्रह गरिएको छ । ध्यानाकर्षण बुझ्दै प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले भने यो पत्र गृह मन्त्रालयमा तत्कालै पठाउने र यस बारे जानकारी गराउने बताए । ईनिसा एउटा उदाहरणको पात्र मात्र नभएर हाम्रा दिदि बहिनी , छोरीहरुको लागि पनि एउटा सन्देशको कुरा भएको जानकारी गराए ।

सुर्खेत जिल्लाको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया दलित किशोरी बालिका इनिसा बिक माथि भएको बलात्कार भएर हत्या गरिएको थियो । कार्यक्रममा विद्यार्थी , पत्रकार , जेनजी लगायत अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस