• २०८३ मङ्सिर ३ गते बुधवार

सुनचाँदीको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको ३ लाख १४ हजार २ मा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५४९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५५१५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस