• २०८३ मङ्सिर १ गते सोमवार

झापा-३ बाट राजेन्द्र लिङदेनलाई हराउदै रास्वपाका प्रकाश पाठक विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, झापा। झापा-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक विजयी भएका छन् । पाठकले ३८ हजार ६७४ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार मत प्राप्त गरेका छन् ।

लिङ्देन यसअघि यस क्षेत्रबाट २०७४ र २०७९ मा विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस