फागुन २२,डडेल्धुरा। डडेल्धुरामा रास्वपाले अग्रता बनाएको छ । शुक्रबार शुरु भएको मतगणनामा रास्वपाका तारा प्रसाद जोशीले १०५२ मत प्राप्त गर्दै शुरुवाती अग्रता हासिल गरेका छन् ।

त्यस्तै नेकपाका मानसिंह मालले ५३० र नेपाली काँग्रेसका नैंनसिंह महरले ५०८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका चक्रप्रसाद स्नेहीले ३१६ मत प्राप्त गरेका छन् ।