• २०८३ बैशाख १९ गते शनिवार

क्रियापुत्रीले पनि गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१,मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित श्री मिन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा क्रियापुत्रीले पनि मतदान गरेका छन् । छायाँनाथ रारा नगरपालिका–१ निवासी ९३ वर्षीया रुपा मल्लको नौं दिनअघि आफ्नै निवासमा निधन भएको थियो । मृतकका छोरा ललिजङ मल्ल, राजन मल्ल र बिनोद मल्लले बिहीबार बिहान १० बजेर ४४ मिनेटमा उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

त्यसैगरी सोही वडामा १० दिनअघि निधन भएकी अर्की ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द्र मल्ल र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गर्ने तयारी गरेको छिमेकी सुरेन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस