• २०८३ कार्तिक २२ गते शनिवार

१६ प्रतिशत मात्र मत खस्यो रोल्पाको थवाङमा

पढ्न लाग्ने समय : २ मिनेट

आज बिहान ७ बजेबाट शुरु भएको मतदानमा शुरुको अबधिमा सुनसान भएपनि दिउसो केही मतदाताले मत हालेका थिए । कुल १ हजार २ सय ७४ मतदाता रहेको थवाङमा पुरुष १ सय १० तथा महिला ९५ गरी जम्मा २ सय ५ जनाले मतदान गरेको  निर्वाचन अधिकृत रिऋिराम सुवेदीले रेडियो माडी आवाजलाइ जानकारी दिनुभएको छ ।

प्रतिबन्धित नेत्र बिक्रम चन्दको नेकपाको प्रभाव रहेको भनिएको र यसअघि पनि स्वतन्त्र उम्मेद्वार रहेका फर्क बहादुर रोकाले जितेकाले यो क्षेत्र अति संवेदनशीलमा राखिएको थियो । उप निर्वाचनको लागि नेपाली कंग्रेसबाट कलम बहादुर रोका मगर तथा नेपाल कम्युनिष्ठ पार्टी नेकपाबाट जनक बहादुर बुढामगर उम्मेद्वार रहेका छन । कडा सुरक्षाका कारण कुनै अप्रिय घटना हुन नपाएपनि दिउसो केही समय तनाव हुन खोजेको त्यहाँ स्थित सुरक्षाकर्मीले नाम नबताउने शर्तमा जानकारी दिनुभएको छ ।

मत कम मात्र खसेकाले आज राती नै मत परिणाम आउने बताइएको छ । अहिले केहीबेरमा सर्बदलीय बैठक बसेर साझ ६ः३० बाट मतगणना हुने मतदान अधिकृत सुवेदीले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस