फागुन ११, पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ । मोदीवेणी धामामा बस्दै आउनुभएकी पर्वतको फलेवास नगरपालिका–९ भँगराकी ९७ वर्षीया वृद्धा सावित्री गिरीको मृत्यु भएको हो ।

आज कालीगण्डकी नुहाउन किनारमा पुग्नुभएकी वृद्धालाई नदिले बगाएको थियो । नदीले बगाएलगत्तै उद्धारमा खटिएको सशस्त्र प्रहरी बल २५ नम्बर हेडक्वाटर चण्डिका र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी गर्दा झण्डै ४०० मिटर तल बगरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।