• २०८३ जेष्ठ २० गते बुधवार

उदयपुरमा बस दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, उदयपुर । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट करिब ३० देखि ४० फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी झन्डै एक दर्जन यात्रु घाइते भएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। हाल घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार तथा थप अनुसन्धान गरिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस