• २०८३ जेष्ठ ६ गते बुधवार

सिरहामा पर्यटन वर्ष २०२० लाई सफल बनाउन समिति गठन

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १२ काठमाडौँ । सिरहामा पर्यटन वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन जिल्ला समन्वय समिति गठन गरिएको छ ।

अशोकलाल अमात्यको संयोजकत्वमा गठित २६ सदस्यीय समितिको सदस्यमा सचिदानन्द चौधरी, राजेशकुमार गुप्ता, जिवछ यादव, सुरेन्द्र कामती, सन्तोष चौधरी, श्यामकुमार गुप्ता, रामसेवक यादव, श्यामनन्द यादव, प्रदीपकुमार गुप्ता, नवीनकुमार यादव, विद्यानन्द गिरी, विशाल साह सुडी, राजेश चौधरी, नविता यादव, जगदीश महतो, लक्ष्मण यादव, विष्णुदेव मण्डल, रिक्मा विश्वकर्मा, सागर चौधरी, रामबहादुर यादव, बुद्धराम यादव, जानकीकुमारी चौधरी, अनिल उपाध्याय र आनन्द महतोलाई राखिएको छ ।

सिरहाको प्रमुख पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आयोजित भेलामा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, पर्यटन वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झा, प्रदेश सदस्य राकेश रोशन गुप्ता, मागैन कामैतले पर्यटन वर्ष २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको बताए ।

भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन भ्रमण वर्ष २०२० प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको प्रदेश संयोजक झाले जानकारी दिए  ।

Sharing

प्रतिक्रिया दिनुहोस