• २०८३ जेष्ठ २३ गते शनिवार

अवैध लागूऔषधसहित झापा र सुर्खेतबाट दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । झापा र सुर्खेतमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीका २३ वर्षीय मागु मियालाई ब्राउनसुगर जस्तो देखिने ३ सय ८० मिलिग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले उनको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो ।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुभाघाटबाट ६ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित गुर्भाकोट नगरपालिका–१२ निवासी ३० वर्षीय हेमराज मल्ललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मेहलकुनाबाट खटिएको टोलीले उनलाई शंकास्पद अवस्थामा जाँच गर्दा लागूऔषध बरामद गरेको बताइएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस