• २०८३ बैशाख ११ गते शुक्रवार

टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने दिपेन्द्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौं । दिपेन्द्र सिंह ऐरी टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । जारी टी-२० विश्वकपमा वेस्ट इण्डिजविरुद्धको खेलमा ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाएर दिपेन्द्रले विश्वकपमा दोस्रो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका हुन् ।

विश्वकपमा नेपालका लागि यो अर्धशतक दश वर्षपछिको हो । यसअघि सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । खकुरेलले अफगानिस्तानविरुद्ध ५६ रन बनायेअका थिए । त्यसयता नेपालका कुनै पनि खेलाडीले विश्वकपमा पचास रन पार गर्न सकेका थिएनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस