फागुन ३, काठमाडौं । बंगलादेशमा गठन हुन लागेको नयाँ सरकारको शपथ समारोहमा दक्षिण एसियाली क्षेत्रका करिब एक दर्जनभन्दा बढी सरकार प्रमुखलाई निम्ता पठाइने भएको छ । निम्तो पाउने नेताहरूमा भारत, पाकिस्तान, नेपालसहितका राष्ट्रप्रमुख रहेका छन् ।

बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अन्तर्राष्ट्रिय विभागका पदाधिकारीका अनुसार मंगलबार हुने समारोहका लागि दक्षिण एसिया तथा अन्य एशियाली देशका नेताहरूलाई निम्ता पठाइएको हो, जसमा चीन पनि समावेश रहेको डेली स्टारले उल्लेख गरको छ ।
दलका प्रतिनिधिहरूले नयाँ सरकार बनेपछि भारतसहित अन्य देशसँग पारस्परिक सम्मान र हितका आधारमा द्विपक्षीय सम्बन्ध सुधार गरिने बताएका छन् ।
विहिबार सम्पन्न निर्वाचनमा बीएनपीले २९९ सिटमा २१२ सिट जितेको थियो । त्यस्तै तत्कालिन सेख हसिना सरकारलाई सत्ता च्युत गर्ने विद्यार्थीहरुको दलले भने केवल ६ सिट मात्र जितेको छ ।