• २०८३ मङ्सिर ५ गते शुक्रवार

श्रीलंकाले ओमानलाई दियो २२६ रनको विशाल लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौ । श्रीलंकाले ओमानलाई २२६ रनको विशाल लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत आज पहिलो खेल टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै २२५ रन बनाएको हो ।

यो यस विश्वकपको अहिलेसम्मको सबै भन्दा धेरै टोटल हो । श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन राथानायकले ६० र कप्तान दसुन शानकाले ५० रन बनाएका थिए । त्यस्तै कामिन्दु मेन्डिसले ७ बलमा अविजित १९ रन बनाएका थिए ।

त्यसैगरी ओमानका बलर जितें रामानान्दीले २ विकेट लिए भने जय ओडेड्रा, सुफयान मेहमूदले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस