• २०८३ जेष्ठ १ गते शुक्रवार

राजपाल यादको सहयोगमा अगाडी आए बलिउड सेलिब्रेटी, छिट्टै जेल बाहिर आउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २८, काठमाडौं । ९ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सलमान खान, अजय देवगन, वरुण धवन, डेभिड धवन, सोनु सूदलगायत बलिउडका चर्चित कलाकारहरूले सम्पर्क गरी आर्थिक सहयोग गरेका छन् । राजपाल यादवका म्यानेजरका अनुसार बुधबार विभिन्न कलाकारहरूले व्यक्तिगत रूपमा सम्पर्क गरी सहयोगको प्रतिबद्धता जनाएका हुन् । उनले धेरै व्यक्तिहरूले आर्थिक तथा नैतिक समर्थन दिएको र राजपाल यादवले सबैप्रति आभार व्यक्त गरेको बताएका छन् ।

जमानतका लागि आवेदन दायर भइसकेको र सुनुवाइ छिट्टै हुने जनाइएको छ । परिवारले उनलाई चाँडै रिहा गरिने आशा राखेको छ। म्यानेजरले कानुनी प्रक्रिया अघि बढिरहेको र विहिबार उनी बाहिर आउँ सक्ने बताए । यसैबीच, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइजले पनि निर्माता तथा सम्बन्धित पक्षलाई राजपाल यादवलाई सहयोग गर्न अपिल गरेको छ । फेडरेशनले कठिन अवस्थामा उद्योगले एकता र सहानुभूति देखाउनुपर्ने उल्लेख गरेको छ ।

राजपाल यादवले सन् २०१० मा एक फिल्म निर्माणका लागि लिएको ऋण समयमै तिर्न नसक्दा चेक बाउन्स भएको थियो । ५ करोड ऋण लिएकोमा ब्याज थपिँदै जाँदा रकम बढेर करिब ९ करोड रुपैयाँ पुगेको बताइएको छ । अदालतले यसअघि उनलाई दोषी ठहर गरिसकेको र पटक पटक सहुलियत दिदा पनि रकम नतिरेपछि गत शुक्रबार उनले सरेन्डर गरेका थिए । त्यसयता उनी तिहाड जेलमा रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस