• २०८३ कार्तिक २५ गते मङ्गलवार

एलडीपीको भारी जितपछि जापानको शेयर बजार उच्च विन्दुमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आमनिर्वाचनमा भारी बहुमत हासिल गरेपछि जापानको प्रमुख सेयर सूचकांक निक्केई २२५ अंकको ऐतिहासिक वृद्धि भएको छ । निर्वाचन जितसँगै सेयर बजारमा व्यापक खरिद बढ्दा निक्केई २२५ सूचकांक ३.८९ प्रतिशतले उक्लिँदै ५६,३६३ अंकमा बन्द भएको एनएचकेले उल्लेख गरेको छ ।

यो अहिलेसम्मकै उच्च स्तर हो । कारोबारका क्रममा सूचकांक झन्डै ५.७ प्रतिशतले बढेर पहिलो पटक ५७,००० अंक पार गरेको थियो । प्रधानमन्त्री सानाए ताकाइचीले अघि सारेको ‘जिम्मेवार र सक्रिय वित्तीय नीति’ प्रति लगानीकर्ताहरूको आशाका कारण निर्वाचनअघि नै सेयर बजारमा सुधार देखिएको थियो।

अब सरकारी खर्च वृद्धि र उपभोग कर कटौतीसम्बन्धी सम्भावित निर्णयतर्फ लगानीकर्ताको ध्यान केन्द्रित भएको छ । विश्लेषकहरूका अनुसार ती नीतिगत कदमहरूले आगामी दिनमा जापानको वित्तीय बजारमा थप प्रभाव पार्न सक्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस