• २०८३ कार्तिक ३० गते आइतवार

नेपाली फिल्मको बक्स अफिस रिपोर्ट: आ बाट आमाको शानदार कमाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ २४ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ । माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा एक सातामा ४ करोड ८० लाख ९० हजार ४८७ कमाई गरेको छ । यस फिल्मका एक लाख ७६ हजार ५५२ टिकट विक्री भएको बोर्डले जनाएको छ ।

त्यस्तै फिल्म गोबर गणेशले एक करोड ४० लाख २७ हजार ७६६ कमाई गरेको छ । यस फिल्मको अहिलेसम्म ४९ हजार ५३१ टिकट बिक्रि भएको छ । फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २९ लाख ५५ हजार ११९ कमाई गरेको छ । अहिलेसम्म झरी पछिको इन्द्रेणीको ४० हजार ८९९ टिकट बिक्री भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस