• २०८३ मङ्सिर ५ गते शुक्रवार

टी-२० विश्वकप: पाकिस्तानले टस जित्यो, नेदरल्याण्डसले पहिला ब्याटिंग गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले टस जितेको छ । श्रीलंकाको कोलम्बोमा हुने समुह ए अन्तर्गतको यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको छ ।

प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुदैछन् । आज पहिलो खेल बिहान सवा ११ बजे समुह ए का पाकिस्तान र नेदरल्याण्डसबीच कोलम्बोमा हुदै छ भने दोस्रो खेल समुह सी का स्कटल्याण्ड र वेस्ट इण्डिजबीच कोलकोतास्थित इडेन गार्डेनमा दिउसो सवा ३ बजेदेखि हुदै छन् । त्यस्तै आज तेस्रो खेल समुह ए को भारत र अमेरिकाबीच राति सवा ७ बजे मुम्बईको वाङखडे स्टेडियममा हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस