• २०८३ बैशाख २७ गते आइतवार

बैतडीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर  ६ ,बैतडी। बैतडीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शुक्रबार गोकुलेश्वर-गन्ना सडकखण्डको पंसेरामा म २ प २८२० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी डिलाशैनी गाउँपालिका-३ पंसेराका ६० वर्षीया तुलसी खत्रीलाई ठक्कर दिँदा घाइते भएकी उनको नेपालगञ्ज लैजाने क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक फरार छन् । उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस