• २०८३ बैशाख २९ गते मङ्गलवार

बलिवुड फिल्म निर्देशक रोहित शेट्टीको घर बाहिर गोली चल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । बलिवुड फिल्मका प्रसिद्ध फिल्म निर्देशक रोहित शेट्टीको जुहूस्थित घर बाहिर चार राउन्ड गोली चलेको छ । गएराती गोली चलेपछि मुम्बई प्रहरी र फोरेन्सिक टोलीहरू तुरुन्तै घटनास्थलमा पुगे र क्षेत्रलाई सुरक्षित बनाएको बताइएको छ ।

प्रहरीका अनुसार, घटनामा कसैलाई चोटपटक लागेको छैन । प्रहरी र फोरेन्सिक टोलीहरूले घटनास्थलमा प्रमाण सङ्कलन गरिरहेका छन् र गोली चलाउनेहरूको पहिचान गर्ने प्रयास गरिरहेका छन् ।

घटनाको लगत्तैपछि, रोहित शेट्टीको घर बाहिरबाट भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा प्रहरीले उनको घरको सुरक्षा गरिरहेको देखाइएको छ । प्रहरीले हाल कुनै आधिकारिक बयान जारी गरेको छैन र अनुसन्धान पूरा नभएसम्म थप जानकारीको प्रतीक्षा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस