• २०८३ असार ३ गते बुधवार

चुरे भावर पार्टी नेकपामा समाहित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौं । चुरे भावर पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । मंगलबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र चुरे भावरका अध्यक्ष बद्री प्रसाद न्यौपानेबीच पार्टी एकीकरणको सहमति भएको हो ।

सहमति अनुसार चुरे भावर पार्टीका अध्यक्ष न्यापौनेसहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई नेकपामा उचित जिम्मेवारी दिने र चुरे भावर पार्टीले उठाउदै आएको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको मुद्धालाई उच्च प्राथमिकतासाथ आत्मसात गर्ने सहमति भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस