• २०८३ मङ्सिर ३ गते बुधवार

सुन तोलाको ५२ सयले बढ्यो, चाँदीमा पनि उच्च वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ५२ सयले बढेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २८५ रुपैयाँले बढेर तोलाको ६७५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ६४८० रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस