• २०८३ मङ्सिर ८ गते सोमवार

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर-२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् ।

मन्त्री खरेलले प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा बुझाएका छन् । आजै अर्का मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । उनी पनि प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्दैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस