• २०८३ बैशाख ४ गते शुक्रवार

काँग्रेसको संस्थापनले वेभसाइटबाट हटायो गगन-विश्वको नाम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीको वेभसाइटबाट दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको तस्बीर हटाएको छ ।

तिनै जनालाई बुधबार बसेको सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले अनुशासनको कारवाही गर्दै पाँच बर्षका लागि निष्काशित गरेको थियो । अब तिनै जनाको तस्वीर वेभसाइटबाट हटाइएको छ । महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा गएराती सम्पन्न विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ र आज निर्वाचन आयोगमा पार्टी अध्यावधिक गर्न समेत जादै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस