• २०८३ बैशाख १३ गते आइतवार

सभापति देउवा छलफलमा: पदाधिकारीदेखि कानुन व्यवसायीसँग परामर्श

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकट नेताहरुसँग छलफल शुरु गरेका छन् । महाराजगन्जस्थित आफ्नै निवासमा देउवा आफु निकट पदाधिकारीसँग पछिल्लो परिस्थिति बारे परामर्श थालेका हुन् । देउवाले काँग्रेस नेता डा. शेखर कोइरालालाई पनि छलफलमा बोलाएका छन् ।

विशेष महाधिवेशन पक्षधरले बन्दसत्रबाट वर्तमान केन्द्रीय समितिको कार्यकाल सकिएकाले यसलाई भंग गरेर १५औं महाधिवेशन नभएसम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने कार्यविधि पारित गरेपछि सभापति देउवासहितका संस्थापन पक्षका नेताहरु तरंगित भएका छन् । देउवाले यस विषयमा कानुन व्यवसायीहरुसँग पनि परामर्श गरेको बताइएको छ । विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएकाले नयाँ नेतृत्व चयन गर्ने सम्भावना रहेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस